मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८१

काठमाडौं । नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ। शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको हो।

सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हराएको हो। नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे। खेलको १२औं मिनेटमा जिलेस्पीले गोल गरेका हुन्। उनले मनिष डाँगीको असिस्टमा गोल गरेका हुन्।

उनकै गोलमा नेपालले ३६ वर्षमा नेपालले सिंगापुरलाई घरेलु मैदानमा हराएको हो। यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो। जहाँ दुई लेगको खेलमा नेपाल ३-० र ५-० ले पराजित भएको थियो।


Published :चैत्र ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media