पिएम कप क्रिकेटमा आज दुई खेल हुँदै

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८१

काठमाडौंं । प्रधानमन्त्री कप क्रिकेटमा आज  लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।

आज एक खेल अगावै फाइनलमा पुगिसकेको नेपाल पुलिस क्लब र नेपाल आर्मीसँग खेल्नेछ। यी दुईबीचको खेल विहान ९ बजे भैहरवामा हुनेछ।  आजै हुने अर्को खेलमा सोही समय सिद्धार्थनगरमा बागमती र मधेश आमने–सामने हुनेछन्।

आजको खेलमा फराकिलो अन्तरले हारे मात्र एपीएफले फाइनल खेल्नेछ। समान १४–१४ अंक बनाएका आर्मी रनरेटका आधारमा अगाडि छ। आजै हुने अर्को खेलमा चौथो स्थानको बामतीले सातौं स्थानको मधेशसँग खेल्नेछ।

हिजो भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २ विकेटले हराएको थियो।  कुल १० टोली सहभागी रहेको प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल शनिबार हुनेछ।


Published :चैत्र १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media