नेकपा एमाले बुढानीलकण्ठ-१० को “वडा सम्वाद” कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

१५ चैत्र २०८१

काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कमिटीले पार्टी सदस्य र नेतृत्व बिचको सम्वाद “वडा सम्वाद” कार्यक्रम सम्पन्न गरेको छ। आज चैत्र १६ गते शनिबार बिहान ७ बजे बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कार्की इभेन्टमा उक्त कार्यक्रम संचालन गरिएको वडा कमिटि अध्यक्ष शम्भु प्रसाद पौडेलले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का नेकपा एमालेका पार्टी सदस्यहरुले आफ्नो पार्टीबाट वडा तथा नगरमा निर्वाचित जनप्रतिनिधिहरुको भूमिका र जिम्वेवारीको बारेमा विभिन्न प्रश्नहरु उठाएका थिए। उनीहरुले आफ्नो निवास र टोलमा भएका बिभिन्न समस्या र समाधानको बारेमा समेत चासो राखेको बताइएको छ।

उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई तथा सदस्यहरु,नेकपा एमाले बागमती प्रदेशका सदस्यहरु, नेकपा एमाले काठमाडौंका सचिवालय सदस्यहरु, सदस्यहरु, नेकपा एमाले काठमाडौं ४ का संयोजक तथा पदाधिकारीहरु ,नेकपा एमाले बुढानीलकण्ठका अध्यक्ष तथा पदाधिकारीहरु,नेकपा एमाले बुढानीलकण्ठ- १० का पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उठेका विभिन्न विषयहरुको बारेमा नेकपा एमाले काठमाडौंका उपसचिव उद्वब भण्डारी, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, नेकपा एमाले बुढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल तथा नेकपा एमाले बुढानीलकण्ठ- १० का अध्यक्ष शम्भु शरण पौडेलले जवाफ सहित आफ्नो मन्तव्य राखेका थिए।

नेकपा एमाले बुढानीलकण्ठ- १० का अध्यक्ष शम्भु शरण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कमिटि उपसचिव उमा पुरीले गरेकी थीइन।


Published :१५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media

preload imagepreload image