धरान–१४ ले जित्यो गोधुली रनिङ कपको उपाधि

राष्ट्रपाटी न्युज

चैत्र २२, २०८१

धरान । पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ ।

बिहीबार राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ ले उपाधि जितेको होे । खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान–१४ लाई नगद एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान–१५ लाई नगद एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान–१४ का आशिष पुरी घोषित हुँदै पाँच हजार ५०० प्रदान गरिएको छ ।
उत्कृष्ट गोलकिपर धरान–१५ का राजीव खड्कालाई रु पाँच हजार ५००, उत्कृष्ट डिफेन्डर धरान–१५ का अस्तोष राईलाई पाँच हजार ५००, उत्कृष्ट मिडफिल्डर धरान–१५ कै अरिक गुरुङलाई पाँच हजार ५००, उत्कृष्ट स्टाइकर धरान–१४ का निमेश तामाङलाई  पाँच हजार ५००, उत्कृष्ट कोच धरान–१४ का शिव राईलाई पाँच हजार ५००, हाइस्कोर धरान–१७ का कृष्ण राईलाई पाँच हजार ५००, राइजिङ प्लेयर धरान–१७ का सुवास विकलाई रु पाँच हजार ५०० प्रदान गरिएको थियो भने खेलको फेयर प्ले टिम धरान–१७ घोषित भएको थियो ।
यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो ।


Published :चैत्र २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media