सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविको रिटमा बहस सकियो, आदेश आउँदै

राष्ट्रपाटी न्युज

२१ चैत्र २०८१

काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा बहस सकिएको छ ।

उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आदेश खारेजी माग गर्दै पुनरावेदन दिएका थिए । शुक्रबार बहस सकिएसँगै अब अदालतको आदेश जारी हुने अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए ।

यसअघि बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा रिहा गरे पनि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जोशीले पनि धरौटीमा रिहा गराउन उच्च अदालतमा निवेदन दिएका छन् ।


Published :२१ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media