आजको मौसमः चार प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८१

काठमाडौँ । निरन्तरको हुस्सुले काठमाडौँ उपत्यकाभित्र वायु प्रदूषणको स्तर बढेको छ। यसले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो बनाइरहेको छ। अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको हल्का प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ भने बाँकी ठाउँमा मौसम मुख्य रूपमा सफा रहन्छ ।


Published :चैत्र २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media