
मकवानपुर । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आफ्नो सल्लाहकार मनोनयन गरेको छ। बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको निर्देशनमा उक्त मनोनयन गरिएको हो।
मन्त्रालयको कामलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न विधाका सल्लाहकारहरु चयन गरिएको मन्त्री थापाले जानकारी दिएका छन्।
मन्त्रालय श्रोतका अनुसार तुलसी रिजाल- विज्ञ सल्लाहकार, राजन कुमार पोखरेल-राजनीतिक सल्लाहकार , युवक गौतम- कानुनी सल्लाहकार तथा सन्तोष लुइटेल – प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।
मन्त्रालय श्रोतका अनुसार सबै सल्लाहाकारहरुले मन्त्रालय र कार्यालयहरुबाट हुने सेवा प्रबाहालाइ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अवैतनिक रुपमा भूमिका निर्वाह गर्ने बताइएको छ।