अर्घाखाँचीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८१

काठमाडौँ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका-३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी- ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अनसार  जिप अनियन्त्रीत भई सडकबाट दुईसय ५० मिटर खसेको छ।

मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल छन्।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा बिहान ६ बजेतिर मृत्यु भएको थियो। सोही दुर्घटनामा परी जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्।


Published :चैत्र २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media