नेपालविरुद्ध अफगानिस्तान मात्र एक रनले विजयी

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८१

काठमाडौं। नेपालसँगको तीन खेलको युथ ओडीआई सिरिज अफगानिस्तानले जितेको छ ।

घरेलु टोली नेपालमाथि एक रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु–१९ टोलीले एक खेलअगाबै एकदिवसीय शृंखला जितेको हो ।

नेपाललाई अन्तिम तीन बलमा दुई रन चाहिएको थियो। मोहबुब खानले आफ्नो ओभरको तेस्रो बल नो फ्याँकेका थिए।

अन्तिम बल नो-बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।

आइतबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो। योसँगै नेपालले शृंखला २–० ले गुमाएको छ।

आज अफगानिस्तानले नेपालसामु १७९ रनको लक्ष्य दिएको थियो। तर, नेपालले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो ।

अब नेपालले अफगानिस्तानसँग अन्तिम एक खेल खेल्नेछ।

पहिलो खेलमा नेपालले १३० रनको फराकिलो हार बेहोरेको थियो ।


Published :चैत्र २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media