वायु प्रदूषण कायमै, आमनागरिकको दैनिकी असहज बन्दै

राष्ट्रपाटी न्युज

२५ चैत्र २०८१

काठमाडौं । देशैभरको वायु प्रदुशित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेत बारीमा संकलन भएका झारपातहरुमा लगाईने आगो, औद्योगिक धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो लगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको हो ।

विशेष गरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । स्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएकाले सतकर्ता आवश्यक भएको चिकित्सकको भनाइ छ । विशेष गरी बालबालिका, वृद्ध मुटु र मिर्गौलाका रोगीहरूलाई यो प्रदूषणबाट जोगाउनुपर्ने सुझाव चिकित्सकको छ ।

अहिले देखिएको प्रदूषणले तत्कालिन रूपमा खोकी र श्वास फेर्ने समस्या बाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको चिकित्सकको भनाइ छ । कोभिडले फोक्सोमा असर गरेका बिरामीहरूलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने उनीहरुको भनाइ छ  ।

अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको बताइन्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरु घरमा नै बस्दा उत्तम हुने चिकित्सकले बताएका छन् ।


Published :२५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media