उच्च अदालत जनकपुरबाट रामबहादुर बम्जनले पाए सफाइ

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८२

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

उनीमाथि सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।

यसअघि उनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उनीविरूद्व अन्य जिल्लामा पनि हत्या, बलात्कार लगायतका आरोपमा मुद्दा चलिरहेको छ ।


Published :बैशाख ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media