मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८२

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। १४ जना घाइते भएका छन्।

बिहीबार राति मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना भएको हो। बाप्र ०१–००६ ख ७०७२ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा शुक्रबार बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो। सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव घटनास्थल नजिकैको खोल्सामा फेला परेको छ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।


Published :बैशाख ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media