हट्यो वीरगञ्ज महानगरको निषेधाज्ञा

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८२

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभा यात्रामा दुई पक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो।


Published :बैशाख ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media