वर्षाले यू–१९ विश्वकप एसिया छनोट खेल रद्द, नेपाल बाहिरियो

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८२

काठमाडौं । वर्षाका कारण रद्द भएको निर्णायक खेलले नेपाल आईसीसी यू–१९ विश्वकप एसिया छनोटबाट बाहिरिएको छ ।

शनिबार बिहानको वर्षाले काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान प्रभावित भएपछि करिब पाँच घण्टा मैदान सुकाउने प्रयास गरिए पनि केही भाग खेल योग्य हुन सकेन । तीनपटकको निरीक्षणपछि अम्पायरहरूले खेल रद्द गर्ने निर्णय गरे ।

समूह चरणमा नेपाल र अफगानिस्तान दुवैले तीन–तीन खेल जितेका थिए । अंक समान भए पनि अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले विश्वकपमा स्थान बनायो । नेपाल भने दुर्भाग्यपूर्ण रूपमा छनोटबाट बाहिरिएको छ ।

वर्षाले नेपाली खेलाडीको सपनामा पानी हालिदिएको छ । पाँच घण्टाको लामो प्रतीक्षा र अधुरो यात्राले नेपालका यू–१९ खेलाडीका आँखामा निराशाका आँसु झरेका छन् ।

आजको वर्षाले नेपाली युवाको विश्वकप खेल्ने ठूलो सपना रोकिएको छ । नेट रनरेटले अफगानिस्तानलाई अघि बढाउँदा, नेपालको आशा भने चकनाचुर भएको छ ।


Published :बैशाख ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media