अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड सञ्चालनमा

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८२

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।


Published :बैशाख ९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media