काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजना तथा WBC मोई थाई नेपालको सहकार्यमा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा आज पत्रकार सम्मेलन आयोजना गरि आयोजकले यो कार्यक्रम आगामी बैशाख १३ गते होटेल Lemon Tree Premier, बुढानिलकण्ठमा सम्पन्न हुने जानकारी दिएको हो ।
कार्यक्रममा मुवा थाई, बक्सिङ्ग तथा प्रि-एक्सपर्ट स्तरका गरी जम्मा १५ वटा प्रतिस्पर्धात्मक फाइटहरू समावेश हुने छन्। त्यसमा ३ वटा प्रोफेसनल मुवा थाई, ३ वटा प्रोफेसनल बक्सिङ्ग तथा ९ वटा प्रि-एक्सपर्ट मुवा थाई नियमअनुसारका फाइटहरू हुने जनाइएको छ।
यस प्रतियोगिताको मुख्य आकर्षणको रूपमा महिला सुपर फ्लाईवेट डिभिजन अन्तर्गत राष्ट्रिय उपाधिका लागि रजिना बिष्ट र अफ्सरा तामाङबीचको प्रतिस्पर्धा रहनेछ। यो फाइटले महिलाको आत्मबल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला खेलाडीको प्रतिनिधित्वलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।
यस कार्यक्रममा अपरेशनल पार्टनरको रूपमा 977 Athletic Department, प्रसारण पार्टनर PSN, हस्पिटालिटी पार्टनर Lemon Tree Premier र मेडिकल पार्टनर विराजु रहेका छन्। फुड पार्टनरमा नेवा गोल्फु छे रहेको छ ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र लामा , WBC मोई थाई नेपालका अध्यक्ष राजु राइ, अन्तराष्ट्रिय खेलाडी दीपक तामाङ्ग लगायत उक्त खेलका विभिन्न खेलाडीहरुको उपश्थिति रहेको थियो।