कोपा डेल रेको उपाधि बार्सिलोनालाई

राष्ट्रपाटी न्युज

बैशाख १४, २०८२

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो।

अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे। यसअघि ८४ औँ मिनेटसम्म २-१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए। लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए।

२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो। संसारका दुई शक्तिशाली दुई टोलीको खेल तनावमय थियो। सो खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए।

इन्जुरी समयको अन्तिम मिनेट अझ नाटकीय बनेको थियो। राफिन्हा बक्समा लडेपछि पछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरमा हेरेर निर्णय उल्ट्याइएको थियो। अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्ड समेत देखाइको थियो।


Published :बैशाख १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media