आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८२

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भुभागका थोरै स्थानहरुमा पनि वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ । आज सूर्योदय ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त ६ बजेर ३६ मिनेटमा हुनेछ ।


Published :बैशाख १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media