धनकुटा बस दुर्घटनाः मृतकको संख्या ३ पुग्यो

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनाका ११ जना घाइते मध्य दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । सोमबार दिउँसो  धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको बस  कोशी लोकमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।


Published :बैशाख २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media