बागमती प्रदेशमा आज सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८२

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला छन् । जसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन र मकवानपुर पनि पर्दछन् ।


Published :बैशाख २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media