मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८२

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका—१, लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ ।

मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु१३प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार कावासोती—११, शान्तिटोलका २४ वर्षीय  ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारनिम्ति मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले मृत घोषणा गरेका हुन् ।


Published :बैशाख २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media