पोखराको लामेआहालमा माइक्रोबस दुर्घटना, ३ को मृत्यु, ४ जना घाइते

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०८२

पोखरा । पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख इन्सपेक्टर शोभा पाण्डेका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा ३ जनाको मृत्यु भएको हो ।

बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।


Published :बैशाख ३०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media