बुढानिलकण्ठमा सार्वजनिक जग्गा तथा सरकारी सम्पत्तिको संरक्षणमा सर्वदलीय छलफल

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८२

काठमाडौं – सार्वजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण तथा उपयोग समिति बुढानिलकण्ठले सार्वजनिक जग्गा, सरकारी सम्पत्तिको संरक्षण, खोला-उकास, साविक र हाल साविक नक्सा विवाद, अव्यवस्थित घर टहरा व्यवस्थापन लगायत विभिन्न विषयमा सर्वदलीय/सर्वपक्षीय छलफल आयोजना गरेको छ ।

उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय निकायका प्रमुख तथा विषय विशेषज्ञहरू सहभागी भएका थिए। बैठकको मुख्य उद्देश्य सार्वजनिक भूमि अतिक्रमण, सरकारी सम्पत्तिको गैरकानुनी उपयोग, खोला-उकासको अवैध कब्जा, नक्सा विवाद र अनियन्त्रित निर्माणजन्य समस्याको समाधानका लागि साझा रणनीति बनाउने रहेको समितिका संयोजक लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन् ।

बैठकमा सहभागीहरूले सार्वजनिक जग्गाको संरक्षणका लागि कडा कानुन बनाउन, अतिक्रमण हटाउने कार्य तीव्र पार्न तथा स्थानीय सहभागितामा सुधार गर्न आवश्यकता रहेको बताएका थिए । साथै, साविक र हाल साविक नक्साका विवादहरू समाधान गर्न पारदर्शी तथा जनआधारित नीति बनाउनुपर्ने माग राखिएको थियो ।


Published :जेष्ठ १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media