स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८२

काठमाडौँ । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ।

गएराति इस्प्यानोललाई २-० गोलले हराउँदै बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो।

शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ। रियलले पनि दुई खेल खेल्न बाँकी छ। उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ अंक मात्रै हुन्छ।

त्यसकारण लिगमा सबै टिमले दुई खेल खेल्न बाँकी हुँदै बार्सीलोनाले जारी सिजनको उपाधि जितेको हो।

गएराति इस्प्यानोललाई पराजित गर्दा लामिन यमल र फेरमिन लोपेजले एक/एक गोल गरे।

बार्सिलोना योसँगै लालिगामा २८ औं पटक च्याम्पियन बनेको हो। (रासस)


Published :जेष्ठ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media