लोकेश्वोर खानेपानी आयोजनाबाट खानेपानी वितरणको परिक्षण सम्पन्न

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८२

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको बुढानिलकण्ठ सहलगानि खानेपानी तथा सरसफाइ आयोजना ( लोकेश्वोर खानेपानी आयोजना भनेर चिनिने ) ले खानेपानी वितरणको सफलता पुर्वक परिक्षण गरेको छ। आज ४ लाख ५० हजार लिटर क्षमता भएको पानि ट्यांकीमा पानी भरेर करिव ३०० घरमा रहेका धाराहरुमा पानी वितरण गरिएको आयोजनाका अध्यक्ष रवी थापाले जानकारी दिएका छन्।

करिव ११०० घरका धाराहरुमा पानी जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य अनुसार थप घरहरुमा समेत पाइप तथा धारा जडान गर्ने कार्य संचालन भैरहेको सचिव निश्चल अधिकारीको भनाइ छ। एक दर्जन भेसलहरु राखेर वडाबासीलाई शुद्व खानेपानी वितरण गर्ने योजना रहेको बताइएको छ।

एल पी एस – जी आर डि जेभी ललितपुरले रु ९,८७,८४,१६६। ३८ ( भ्याट बाहेक ) मा ठेक्का सम्झौता गरेको यो योजनाको बजेट श्रोत नेपाल सरकार खानेपानी मन्त्रालय रहेको छ भने जनश्रमदान बापत बेहोर्नुपर्ने रकम बुढानिलकण्ठ नगरपालिका तथा स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने छ।
घरहरुमा धारा जडान गर्दा स्थानीय उपभोक्ताले समेत केहि रकम बेहोर्नुपर्ने र त्यो रकम केहि दिन पछि तय गरिने अध्यक्ष रवी थापाले जानकारी दिएका छन्।

खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा यो योजनावाट हुने खानेपानी वितरणले राहत मिल्ने स्थानीय उपभोक्ताहरुको भनाइ छ।


Published :जेष्ठ ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media