नगर प्रमुख अधिकारीद्वारा साप्रेढुंगा पुलको सिलन्यास

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८२

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ र १० को सिमानामा बन्न लागेको पुलको सिलन्यास नगर प्रमुख मिठाराम अधिकारीले गरेका छन्। आज दिउँसो एक विशेष कार्यक्रमकाविच नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको उपश्थितिमा पुलको शिलन्यास गरिएको हो ।

आज बिहान ७ बजे गर्न लागिएको शिलन्यास कार्यक्रम नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको अवरोधका कारण स्थगित हुन पुगेको थियो भने सहमति भए संगै दिउँसो शिलान्यास गरिएको थियो। उक्त पुल नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले गर्ने भन्दै सामाजिक संजालमा पोस्ट भएपछी स्थानीय नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले शिलान्यास स्थलमा पुगेर अबरोध गरेका थिए।


Published :जेष्ठ ६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media