बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका, बुढानिलकण्ठ पर्यटन बोर्डले प्रथम बुढानीलकण्ठ खुल्ला भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
बुढानीलकण्ठ नगरपालिकाको धार्मिक, प्राकृतिक र सांस्कृतिक विरासतलाई भिडियोको माध्यमले ग्लोबल प्लेटफर्ममा पुर्याउने मुख्य उदेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको बुढानिलकण्ठ पर्यटन बोर्डले जानकारी दिएको छ।
सबै उमेर समुहका मानिसहरुले सहभागिता जनाउन सक्ने यस प्रतियोगितामा बुढानीलकण्ठ क्षेत्रका साँस्कृतिक, पर्यटकीय सम्पदा तथा कृयाकलाप समेटेर फुल एच डी फम्र्याटमा ५ मिनेट सम्मको भिडियो बनाउनु पर्नेछ। नेपाली वा अंग्रेजी भाषा प्रयोग गरेर बनाइएको भिडियो मौलिक र कहिँ कतै प्रदर्शन नभएको हुनुपर्ने बोर्डले जानकारी दिएको छ।
उक्त भिडियो आगामी जेठ २४ गते भित्र पठाई सक्नुपर्ने वताइएको छ।
उत्कृष्ट भिडियोहरूलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मानित गरिने बोर्डले जानकारी दिएको छ।