युरोपा लिगको उपाधि टोटनहमलाई

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८२

काठमाडौं । टोटनहम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो ।

टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो ।

टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ । म्यानचेस्टर युनाइटेडका लागि भने यो सिजन खराब बनेको छ । घरेलु लिगमा भने टोटनहाम १७ औँ तथा युनाइटेड १६ औँ स्थानमा छन् ।


Published :जेष्ठ ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media