पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

राष्ट्रपाटी न्युज

जेष्ठ ११, २०८२

काठमाडौँ । फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले जितेको छ ।

शनिबार राति भएको फाइनलमा पीएसजीले रिम्सलाई ३–० गोलले हराउँदै उपाधि जितेको हो । लगातार दोस्रो पटक च्याम्पियन बनेको पीएसजीको यो १६औँ फ्रेन्च कप उपाधि हो ।

एकपक्षीय खेलमा पीएसजीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पीएसजीलाई दिलाउन ब्राडली बार्कोलाले दुई तथा अचरफ हाकिमीले एक गोल गरे । (एजेन्सी)


Published :जेष्ठ ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media