जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८२

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए। उनका अनुसार यो पराकम्पन हो।

जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।


Published :जेष्ठ १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media