बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपाटी न्युज

जेष्ठ १४, २०८२

बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बुधबार) प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज (बुधबार) दिउँसो १ बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामाले बताए ।

यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।


Published :जेष्ठ १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media