बाढीले विनयी खोलाको डाइभर्सन बगायो, नारायणघाट–बुटवल सडक अवरुद्ध

राष्ट्रपाटी न्युज

जेष्ठ १६, २०८२

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। बाढीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले वैकल्पिक सडक बगाएको हो। बाढीले सडकसँगै एउटा पिकअप भ्यानसमेत बगाएको छ। बैठकल्पिक सडक निर्माणको काम सुरु भए पनि यातायात खुल्न समय लाग्ने उनको भनाइ छ।

पाँच दिनअघि मात्र बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा निर्माण भएको वैकल्पिक सडक बाढीले बगाएको हो। बाढीले तरकारी बोकेको पिकअप बगाएकाले मानवीय क्षति भने हुन पाएन। बाढीले सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।


Published :जेष्ठ १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media