पीएसजीले जित्यो युइएफए च्याम्पियनसिपको उपाधि

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०८२

काठमाडौं । युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ ।

कुनै बेला यो प्रतियोगिताको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो ।

एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो उपाधि रक्षा गर्न चुकेको सिजन पीएसजीले इतिहास बनाएको हो ।

पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५-० को एकपक्षीय नतिजामा हराएको हो । उपाधि यात्राका क्रममा नकआउट चरणमा लिभरपुललाई हराउँदै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । पीएसजी यसअघि सन् २०२० मा पनि फाइनल पुगेको थियो ।


Published :जेष्ठ १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media