नेपाली महिला टोली र थाइल्यान्डबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८२

काठमाडौँ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

थाइल्यान्डमा हुने मैत्रीपूर्ण खेल स्थानीय समयअनुसार साढे चार बजे सुरु हुनेछ।

यो खेलअघि महिला टोलीले थाइल्यान्डसँग बन्द रगंशालामा अभ्यास खेल खेलेको थियो। सो अभ्यास खेलमा नेपाली टोली १–० ले पराजित भएको थियो।

फिफा वरियतामा थाइल्यान्ड ४७ औँ स्थानमा छ।

थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन कपको तयारीमा जुट्नेछ। एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफ मा छ। छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ ।


Published :जेष्ठ १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media