रौतहटमा दुई सवारी साधन आपसमा ठोकिँदा दुईको मृत्यु, दुईजना घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ २२, २०८२

रौतहट । रौतहटमा दुई सवारी साधन आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

बुधबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा माइक्रोमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।


Published :जेष्ठ २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media