नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

राष्ट्रपाटी न्युज

जेष्ठ २२, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग-२ एक दिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

गए राति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन् ।

गए राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो ।


Published :जेष्ठ २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media