मकैबारीको फौजी किरा नियन्त्रणमा समस्या, किसान चिन्तित

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८२

रामेछाप । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी किराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

शुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने वेला भएको सुत्ला पनि किराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ।

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किराले दुःख दिने गरेको हो। किरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले बताइन्।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलका अनुसार, फौजी किराले मकैबालीलाई दुःख दिएको जानकारी आफूलाई भएकाले पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि निकै समस्या छ ।


Published :जेष्ठ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media