सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८२

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन् ।

त्रिनगरमा तीन र झुलाघाट नाकामा एकजनाको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए ।

उनले भने, “शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँचजनामा कोभिड पुष्टि भएको छ । संक्रमितहरूलाई होम आइसोलेसन’ बस्न भनिएको छ ।”

शुक्रबार (जेठ २३) पाँच, बिहीबार एक र बुधबार तीनजनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।


Published :जेष्ठ २५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media