सप्तकोसीमा बेपत्ता सुरक्षाकर्मीको खोजी जारी

राष्ट्रपाटी न्युज

जेष्ठ २४, २०८२

सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार (जेठ २२) सप्तकोसी नदीमा बेपत्ता भएका एकजनाको खोजी जारी छ । नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुईमध्ये एकजनाको शव फेला परिसकेको छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसी किनारमा फेला परेको थियो । डोटीका सुरज साउद अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजीकार्य जारी रहेको उनले बताए ।


Published :जेष्ठ २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media