एसियन कप छनोटः नेपालले आज लाओससँग खेल्ने

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हारको सामना गरेका थिए। अंक जोड्नका लागि पनि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

लाओस जानुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा गोलरहित बराबरी भएको थियो।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको खेल तेस्रो तथा अन्तिम चरणको छनोट हो। जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ।


Published :जेष्ठ २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media