प्याराग्लाइडिङ दुर्घटनामा परेका चारजनाको सकुशल उद्धार

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८२

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ ।

कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो ।

अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र उक्त प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो ।

यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

मोटरबोटसहित खटिएका गोतखोर उद्धारमा खटेको उनको भनाइ छ ।


Published :जेष्ठ २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media