बाग्लुङकाे ढोरपाटनमा जीप दुर्घटना, दुईजनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८२

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीप चालक २७ वर्षीय गोविन्द थापासहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा चालकसहित १६ जना  रहेका थिए ।


Published :जेष्ठ ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media