हेटौँडामा यात्रु बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८२

हेटौँडा । वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

शनिबार अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो। सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार ६ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।


Published :जेष्ठ ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media