बुढानीलकण्ठ-१० ले SUMMER FOOTBALL CAMP आयोजना गर्ने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले युवा खेलाडीहरूको खेलकुद क्षमता विकास गर्न SUMMER FOOTBALL CAMP संचालन गर्ने भएको छ। यो क्याम्प आषाढ ४ देखि आषाढ १० सम्म कपन ह्यान्डबल मैदानमा बिहान ७:०० देखि ८:३० बजे सम्म आयोजना हुने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।

क्याम्पमा ७ देखि १४ वर्षका बालबालिका सहभागी हुन सक्नेछन् भने फुटबलको आधारभूत कौशल, बल मास्टरी, टीम वर्क, र मैत्रीपूर्ण खेलहरू सिक्न पाउनेछन्। आवेदनको म्याद आषाढ २ सम्म राखिएको छ।

यस कार्यक्रमलाई नर्थ स्टार फुटबल एकेडेमीले सहयोग गरेको छ भने प्रशिक्षक विशाल श्रेष्ठको नेतृत्वमा सञ्चालन हुनेछ। क्याम्पमा सहभागी हुने युवा खेलाडीहरूले नयाँ सिप सिक्ने, रमाइलो गतिविधिहरूमा सहभागिता जनाउने र अनुभवी प्रशिक्षकहरूबाट मार्गदर्शन पाउनेछन्।

बुढानीलकण्ठ वडा नं. १० ले यस्ता कार्यक्रमहरू मार्फत युवाहरूमा खेलकुद प्रतिको रुचि बढाउन र समुदायमा स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्ने लक्ष्य राखेको बताइएको छ।


Published :असार १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media