
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
वीरगञ्जमा रहेकाे सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो ।
यसअघि प्रहरीले अनुसन्धान सकेर एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययन गरेपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो ।
लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा रविविरुद्ध यसअघि कास्की, काठमाडौं, रुपन्देही र चितवनमा मुद्दा दर्ता भइसकेका छन् ।