बुढानीलकण्ठ-१० मा SUMMER FOOTBALL CAMP शुरु

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १० द्वारा युवाहरूको खेलकुद क्षमता अभिवृद्धि गर्न उद्देश्यले आजदेखि समर फुटबल क्याम्प सुरु गरिएको छ। असार ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प वडा नं. १० स्थित कपन ह्याण्डबल मल्टिपर्पस स्पोर्ट्स सेन्टरमा प्रत्येक बिहान ६:३० देखि ८:३० बजेसम्म सञ्चालन हुनेछ।

पूर्व नेपाल राष्ट्रिय खेलाडी विशाल श्रेष्ठको नेतृत्वमा नर्थ स्टार फुटबल एकेडेमीका अन्य ५ जना अनुभवी प्रशिक्षकहरूद्वारा वडामा रहेका ७ देखि १४ बर्ष सम्मका खेलाडिहरुलाई प्रशिक्षण दिइँदैछ। क्याम्पमा ६० जना भन्दा बढी उत्साही युवा खेलाडीहरूको सहभागिता रहेको छ।

क्याम्पको पहिलो दिन प्रशिक्षार्थीहरूलाई हौसला दिन बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा नं. १० का अध्यक्ष नवराज भट्टराई तथा अन्य वडा सदस्य र अभिभावकहरूको उपस्थिति थियो।

वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो मन्तव्यमा भने, “हामी बुढानीलकण्ठलाई खेलकुदको क्षेत्रमा अग्रणी बनाउन चाहन्छौं। यो क्याम्पजस्ता कार्यक्रमहरूबाट स्थानीय स्तरमै प्रतिभा छान्ने, प्रशिक्षित गर्ने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो।”


Published :असार ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media