
काठमाडौं । काठमाडौंमा प्रथम काठमाडौं उत्तरी भेग खुल्ला फ़ुट्सल प्रतियोगिता-२०८२ हुने भएको छ। उक्त प्रतियोगिता आउँदो साउन ९ र १० गते बुढानीलकण्ठ-३ रुद्रेश्वरमा रहेको देवी स्पोर्ट्स हाउसमा विहान ८ बजेदेखि संचालन हुने आयोजक श्री दक्षिणेश्वरी युवा क्लवले जनाएको छ।
श्री दक्षिणेश्वरी युवा क्लवका अध्यक्ष कृष्ण तामाङ्गको अध्यक्षता तथा प्रसिद्व गायक प्रेम राजा महतको प्रमुख आतिथ्यतामा आज आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताको बारेमा जानकारी गराइएको छ। उक्त प्रतियोगितामा बिजेता समुहलाई ५० हजार तथा उपविजेता समुहलाइ २५ हजार पुरस्कार राशि सहित प्रमाणपत्र, मेडल एवं शिल्ड प्रदान गरिने छ। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक क्लबले जानकारी दिएको छ।
५ ए साइड फर्म्याटमा संचालन गरिने उक्त प्रतियोगितामा ५० भन्दा धेरै समुह सहभागी हुने अपेक्षा राखिएको अध्यक्ष कृष्ण तामाङ्गले जानकारी दिएका छन्।
उक्त प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु ३,००० लाग्ने छ भने साउन ५ गते सम्म आफ्नो समुह दर्ता गरिसक्नुपर्ने बताइएको छ।
