थाइल्याण्ड ओपन कराते-२०२५ मा भाग लिने बुढानीलकण्ठको टोलीको बिदाइ

राष्ट्रपाटी न्युज

असार १०, २०८२

काठमाडौं । थाइल्याण्ड ओपन कराते-२०२५ मा भाग लिने बुढानीलकण्ठ नगरपालिकाको टोलीलाई आज बिदाइ गरिएको छ। बुढानीलकण्ठ नगरपालिकामा आज आयोजित एक विशेष समारोहमा नगर उपप्रमुख अनिता लामाले प्रतीयोगीतामा सहभागी हुने अफिसियल तथा खेलाडीको टोलीलाई आज खादा लगाएर विदाई गरेकी हुन् । उक्त प्रतियोगितामा बिभिन्न तौल समुहका १० जना खेलाडी एवं ११ जना अफिसियल ७ दिनको लागि थाईल्याण्डको बैंकक जाँदै छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवं नगर खेलकुद बोर्ड संयोजक सुमन तामांगको नेतृत्वमा बुढानीलकण्ठ-६ का वडाध्यक्ष रवि खड्का सहितको टोलि भोलि थाईल्याण्डको बैंकक जान लागेको हो।

उक्त प्रतियोगितामा १५ देशका ८४ टिम सहभागी हुन लागेको बताइएको छ।


Published :असार १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media