अरुण नदीमा बेपत्ता दुई बालिकाको खोजी कार्य जारी

राष्ट्रपाटी न्युज

असार १३, २०८२

टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन्। उनीहरुको खोजी कार्य भने जारी राखिएको छ।

भोजपुरकाे हतुवागढी गाउँपालिका–९ मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन्।

बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। दुवै जना कक्षा ८ का बिद्यार्थी हुन्। आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आमाबुवाले प्रहरीमा खबर गरेका थिए ।

आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डीएसपी तिमिल्सिनाले बताए। खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ।


Published :असार १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media