नवलपरासीको दाउन्ने सडकमा सवारी सञ्चालनमा रोक

राष्ट्रपाटी न्युज

असार १३, २०८२

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहीबार ठूलो पानी परेपछि विनय खोलामा बाढी आउने जोखिम बढेको भन्दै प्रहरीले यातायात सञ्चालनमा रोक लगाएको हो।

बिहीबार साँझ ७ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। मौसम र सडकको अवस्था हेरेर मात्र सडक सञ्चालन हुने प्रहरीको भनाइ छ। लामो समयदेखि अवरुद्ध र जोखिमपूर्ण मानिएको उक्त सडकमा रोकिएका सवारी साधन मंगलबारदेखि बिहीबार साँझसम्म वारपार गरेका थिए।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। यो सडक करिब दुई सातादेअि अवरुद्ध छ।

पुस २६ गते दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि बनेको डाइभर्सन सामान्य वर्षाले बाढी आएपछि प्रहयोग बिहीन बन्दै आएको छ ।


Published :असार १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media